उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण « Khabarhub

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीद्वारा लिखित उपन्यास ‘परिधि’  बजारमा अएको छ ।

काठमाडौंमा शनिबार एक समारोहका बीच लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा परिधिको लोकार्पण गरेका हुन् । सुवेदीको यो तेस्रो आख्यान साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

 कार्यक्रममा बोल्दै लेखक कुमारी लामाले परिधि’मा स्वैर कल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको बताइन् ।

लेखक केशव दाहालले परिधि’ संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए । उनले यस आख्यानमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको बताउँदै लेखकको निखारिएको शिल्पले पाठकलाई शुरुदेखि अन्त्यसम्मै बाँधेर राख्ने दाबी गरे ।

कलाकार गौरी मल्लले परिधि’  नविन र शसक्त शैलीको नेपाली आख्यान भएको बताइन् । यस आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठिक जस्ता कुराहरु बारेमा पुनः सोच्न बाध्य बनाएको बताइन् ।

लेखक उमा सुवेदीले आफूले भन्न चाहेको कथाका लागि विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन् ।

उमा सुवेदीका यसअघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरु (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन्।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : ०५ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा