एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ « Khabarhub

एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍काठमाडौं-  चर्चित युट्युबर, अभिनेता तथा बिग बोस विजेता एल्विश यादवको घरमा अज्ञात समूहले आइतबार बिहान गोली प्रहार गरेका छन् । 

गुरुग्रामको सेक्टर–५७ मा अवस्थित घर नजिक बिहान करिब ५:३० देखि ६ बजेबीच मोटरसाइकलमा आएका तीन जनाले २० देखि २५ राउन्ड गोली चलाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनाको समयमा यादव घरमा थिएनन् । तर उनका बुबा–आमासहित परिवारका अन्य सदस्यहरू घरमै थिए । एल्विशका बुबाका अनुसार, ‘यस घटना भन्दा अगाडी कुनै धम्की आएको थिएन । सबै जना सुतेको बेला अज्ञात समूहले गोली चलाएर भागे ।’

फायरिङको जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले इलाकालाई घेराबन्दी गरी अनुसन्धान सुरु गरेको छ ।

वरिपरिको सिसीटिभी फुटेज जाँच गर्ने क्रममा घरको गेट बाहिर दुई जना व्यक्तिहरू देखिएको प्रहरी स्रोतले जनाएको छ । हालसम्म हमला गर्नेहरूको  पहिचान खुलेको छैन ।

एल्विश यादव सामाजिक सञ्जालमार्फत चर्चामा रहेका कलाकार हुन् । उनी आफ्ना भ्लग्स, रोस्ट भिडियो मार्फत सक्रिय छन् । 

तर विगतमा उनी नाइट पार्टी प्रकरण, सर्प विष केस, विवादास्पद टिप्पणी र प्रहरीसँगको मतभेदका कारण पटक–पटक विवादमा तानिइसकेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : २२ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार