एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ « Khabarhub

एल्विश यादवको घरमा अज्ञात समूहद्वारा फायरिङ


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍काठमाडौं-  चर्चित युट्युबर, अभिनेता तथा बिग बोस विजेता एल्विश यादवको घरमा अज्ञात समूहले आइतबार बिहान गोली प्रहार गरेका छन् । 

गुरुग्रामको सेक्टर–५७ मा अवस्थित घर नजिक बिहान करिब ५:३० देखि ६ बजेबीच मोटरसाइकलमा आएका तीन जनाले २० देखि २५ राउन्ड गोली चलाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनाको समयमा यादव घरमा थिएनन् । तर उनका बुबा–आमासहित परिवारका अन्य सदस्यहरू घरमै थिए । एल्विशका बुबाका अनुसार, ‘यस घटना भन्दा अगाडी कुनै धम्की आएको थिएन । सबै जना सुतेको बेला अज्ञात समूहले गोली चलाएर भागे ।’

फायरिङको जानकारी पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले इलाकालाई घेराबन्दी गरी अनुसन्धान सुरु गरेको छ ।

वरिपरिको सिसीटिभी फुटेज जाँच गर्ने क्रममा घरको गेट बाहिर दुई जना व्यक्तिहरू देखिएको प्रहरी स्रोतले जनाएको छ । हालसम्म हमला गर्नेहरूको  पहिचान खुलेको छैन ।

एल्विश यादव सामाजिक सञ्जालमार्फत चर्चामा रहेका कलाकार हुन् । उनी आफ्ना भ्लग्स, रोस्ट भिडियो मार्फत सक्रिय छन् । 

तर विगतमा उनी नाइट पार्टी प्रकरण, सर्प विष केस, विवादास्पद टिप्पणी र प्रहरीसँगको मतभेदका कारण पटक–पटक विवादमा तानिइसकेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : २२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले