अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न « Khabarhub

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ । 

श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । 

श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए । 

लाखे नाच नाच्दा भगवान् शिव र भगवती देवी खुसी हुने धार्मिक मान्यता छ । भगवान् शिवको प्रतीकका रूपमा कालभैरव जस्तैगरी लाखे नाचिन्छ । 

यहाँ नाचिने यो नाच अर्घाको लाखे नाचले पनि परिचित रहेको स्थानीय ठाकुर गन्धर्वले बताए । यो नाच सात तालसम्म नाचिन्छ । 

कंशको बध गर्न कृष्ण जन्मिएको खुसियालीमा बाइसेचौबिसे राज्यअन्तर्गत पर्ने अर्घा भगवती मन्दिरमा लाखे नाच नाच्ने परम्परा रहेको स्थानीय कृष्ण भुसालको भनाइ छ । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : ३३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री