अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न « Khabarhub

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच सम्पन्न भएको छ । 

श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । 

श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए । 

लाखे नाच नाच्दा भगवान् शिव र भगवती देवी खुसी हुने धार्मिक मान्यता छ । भगवान् शिवको प्रतीकका रूपमा कालभैरव जस्तैगरी लाखे नाचिन्छ । 

यहाँ नाचिने यो नाच अर्घाको लाखे नाचले पनि परिचित रहेको स्थानीय ठाकुर गन्धर्वले बताए । यो नाच सात तालसम्म नाचिन्छ । 

कंशको बध गर्न कृष्ण जन्मिएको खुसियालीमा बाइसेचौबिसे राज्यअन्तर्गत पर्ने अर्घा भगवती मन्दिरमा लाखे नाच नाच्ने परम्परा रहेको स्थानीय कृष्ण भुसालको भनाइ छ । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : ३३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब