बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने « Khabarhub

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार बिहान दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका उनले प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो बुझाएका छन् ।

ओली आगामी भदौ ३१ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी असोज २ गतेसम्म भारतमा रहनेछन् । सुरूमा दुई दिने भनिए पनि भ्रमण कार्यक्रम लम्बिएको हो ।

शनिबार नेपाल र भारतका विदेश मन्त्रालयले विज्ञप्ति निकालेर मिस्रीको काठमाडौं भ्रमणबारे जानकारी दिएका थिए । दुवै विदेश मन्त्रालयको विज्ञप्तिमा ओलीको भारत भ्रमणबार केही पनि खुलाइएको थिएन ।

मिश्री आइतबार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं आएका हुन् । उनी सोमबारसम्म काठमाडौंमा रहनेछन् ।

उनीहरूबीच ओलीको भ्रमण तयारी, नेपाल-भाररत साझेदारी, भौतिक पूर्वाधार निर्माण, अन्य विकास सहयोग र आपसी चासोका विषयमा कुरा हुँदैछ ।

उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने छन् ।

विदेश सचिव भयता मिस्री दोस्रो पटक नेपाल आएका हुन् । २०२४ जुलाईमा पदभार ग्रहण गरेयता उनी एक वर्षअघि साउन पनि नेपाल भ्रमणमा आएका थिए ।

भारतले यस पटक मोदी र ओलीबीचको भेटवार्ता नयाँदिल्लीमा नभएर बिहार राज्यको वोधगयामा गराउने भएको छ। नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा दुई नेताबीच वार्ता हुन लागेको हो । बुद्धले बोधिसत्व लिएको ऐतिहासिक तथा धार्मिक शहर बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा दुई नेता जुट्ने भएका हुन् ।

ओलीलाई बोधगयामा स्वागत गर्न भारतीय प्रधानमन्त्री मोदी स्वयम् उपस्थित हुने बताइएको छ। बिहारका मुख्यमन्त्री नितीश कुमार, राज्यपाल अरिफ मोहम्मद खान र भारतका विदेश राज्यमन्त्रीले समेत बोधगयामा ओलीलाई स्वागत गर्ने भएका छन् ।

ओलीलाई सिधै बोधगया लैजाने वा दिल्लीमा उतार्ने भन्ने निधो भइसकेको छैन । यद्यपि सिधै बोधगया जाने या दिल्लीमा उत्रिने भन्ने निधो नेपाली पक्षले गरिसकेको छैन।

ओलीले मोदीसँगको वार्तापछि नालन्दा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ । त्यससँगै भदौ ३१ गते ओली र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुनेछ । त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ। मोदीले ओलीका लागि दिवाभोजको कार्यक्रम पनि राखेका छन् ।

यसको स्थापना गुप्त शासक कुमारगुप्त प्रथमले पाँचौँ शताब्दीको इस्वीमा गरेका थिए । यो विश्वविद्यालय बौद्ध शिक्षाका लागि प्रसिद्ध थियो । यहाँ विभिन्न विषयको पढाई हुन्थ्यो । १२ औँ शताब्दीमा तुर्क-अफगान सेनापति बख्तियार खिलजीको नेतृत्वमा भएको आक्रमणमा यसलाई नष्ट गरिएको थियो ।

विश्वविद्यालयलाई गुप्त वंशका शासकसहित सम्राट हर्षवर्द्धन र पाल शासकले पनि संरक्षण गरेका थिए । ओलीले ऐतिहासिक नालन्दा विश्वविद्यालयको भ्रमण गरेर त्यहीँ हुने विशेष समारोहलाई सम्बोधन गर्ने लागेका हुन् । उनलाई त्यहाँ डी-लिट मानार्थ उपाधि वा प्रतिष्ठित उपाधि प्रदान गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : २९ बजे

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू

विभिन्न देश पठाउने भन्दै डेढ करोड ठगी, ३ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु