निजी मेडिकल कलेजमा सिट वृद्धिको निर्णय तत्काल फिर्ता नलिए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी  « Khabarhub

निजी मेडिकल कलेजमा सिट वृद्धिको निर्णय तत्काल फिर्ता नलिए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले हालैको सिट बढाउने ‘गैर जिम्मेवार’सहित केही समययताका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको बताएका छन् । 

‘सिट बढाउने गैर जिम्मेवारपूर्ण निर्णय तुरुन्त फिर्ता लिन, शुल्क बढाउने कदम खारेज गर्न र आवासीय चिकित्सकहरूको निर्वाह भत्ता नेपाल सरकारका सरह गर्न, साथै विगतमा हामीले राखेका माग शीघ्र पूरा गर्न र हामीसित भएका सम्झौताहरू कार्यान्वयन गर्न जोडदार माग गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

माग पूरा गर्न सरकारलाई उनले ‘केही समय’ दिएका छन् । माग पूरा नगरिए सत्याग्रहसहितको आन्दोलन थाल्ने उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ३७ बजे

नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई ६७ रनमा अलआउट

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौँ– विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा

पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५

खान नजान्दा स्वास्थ्य जोखिममा

विश्व मानव समाज खानकै समस्यामा छ । अहिले पृथ्वीमा मानव

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका