सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना « Khabarhub

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भ्लाडिभोस्टोक– रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू सुरु भइसकेको स्थानीय मिडियाले आइतबार जनाएको छ ।

यो परियोजना अब देशको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो । स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीबाट सुरु हुनेछ ।

मस्यौदा डिजाइन चरण पूरा गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएसनसहित रूसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर प्रगतिलाई अघि बढाइने उनले बताए ।

कोराबलेभका अनुसार डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ । उनले भने, ‘तर यो निश्चय नै हालको योजना अवधिभित्र हुनेछ, सन् २०३६ भन्दा पछि होइन ।’

भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछ । यस वर्षको सुरुआतमा आइकेआईका वैज्ञानिक निर्देशक लेभ जेलेनीले पनि यो मिसन सन् २०३४ वा सन् २०३५ अघि प्रक्षेपण हुने सम्भावना कम रहेको बताएका थिए  । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ४८ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए