‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग « Khabarhub

‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘बलिदान’को टिजरले दर्शकबाट राम्रो साथ पाएको छ । सार्वजनिक भएको सुरुवाती २४ घण्टामा नै यस टिजरले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको हो ।

टिजरमा समीरका फ्यानको फलोइङ देख्न सकिन्छ । फ्यानहरुले ‘समीरलाई ठूलो पर्दामा हेर्न प्रतीक्षारत रहेको’ आशयको कमेन्ट गरेका छन् । यस्ता कमेन्ट उल्लेखनीय संख्यामा देख्न सकिन्छ ।

टिजरमा निर्माण पक्षले समीरलाई ‘एक्सन किङ’को ट्याग दिएको छ । दोस्रो फिल्म प्रदर्शनमा नआउँदै उनले उक्त ट्याग पाएका हुन् ।

समीर हाबी भएको टिजरमा नायकहरु अर्पण थापा, सौगात मल्ल, मोडल सुनील क्षेत्री, नायिका ऋचा शर्मालाई स्थान दिएको हो ।

अपर्ण नेताको भूमिकामा छन् भने सौगातको भूमिका रहस्यमयी छ । ऋचाले ग्रामिण अधवैशे महिलाको भूमिका निर्वाह गरेको टिजरले प्रष्ट पारेको छ ।

फिल्मका निर्देशकसमेत रहेका सन्तोष सेन पनि टिजरमा अटाएका छन् । उनी भूमिका पनि रहस्यमयी छ । उनी दानव अवतारमा देखिएका छन् ।

फिल्ममा एक्सन खुराकहरु प्रशस्त रहेको टिजरले बताउँछ ।

चलचित्र आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यस फिल्मको निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । फिल्मको लेखक दर्शन जी हुन् ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  २ : ३३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको