विदेश यात्रामा हुने विकृति रोक्ने अध्यागमनको प्रयास, ट्राभल एजेन्सीदेखि विमान कम्पनीसम्मलाई ७ बुँदे निर्देशन « Khabarhub

विदेश यात्रामा हुने विकृति रोक्ने अध्यागमनको प्रयास, ट्राभल एजेन्सीदेखि विमान कम्पनीसम्मलाई ७ बुँदे निर्देशन


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यागमन विभागले विशेष विदेश यात्रामा हुने अनियमितता, टिकट ओभरबुकिङ, दलाली र ठगीजस्ता गतिविधि रोक्न कडा निर्देशन जारी गरेको छ।

विभागले आइतबार पत्रकार सम्मेलन गरेर विमान सेवाप्रदायक कम्पनी, स्थानीय प्रशासन, सञ्चारमाध्यम, कूटनैतिक नियोग, ट्राभल एण्ड टुर कम्पनी तथा इञ्जिनप्रास संस्थासहितलाई सातवटा बुँदामा विशेष ध्यान दिन भनेको छ ।

१. विमान कम्पनीलाई

यात्रु सुरक्षा, राहदानी, भिसा र टिकटको अवस्थासम्बन्धी अध्यागमन र सुरक्षासम्बन्धी प्रक्रियामा अनावश्यक दबाब नदिनू ।

अनावश्यक ‘ओभरबुकिङ’ गर्ने, टिकट काटेर पनि यात्रुलाई चढ्न नदिने, अन्तिम समयमा अफलोड गर्ने गतिविधि बन्द गर्नू

यात्रुहरूलाई टिकट काट्दा वा चेक-इनमा समस्या भए तत्काल अध्यागमन विभागलाई सूचित गर्न भनिएको छ।

२. स्थानीय प्रशासनलाई

विशेष यात्रा गर्न चाहने नागरिकको विवरण संकलन र अध्यागमन विभागमा पठाउन स्थानीय प्रशासनलाई भनिएको छ।

शंकास्पद गतिविधि गर्ने व्यक्तिको विवरण अध्यागमन विभागलाई तुरुन्तै उपलब्ध गराउन भनिएको छ।

३. सञ्चारमाध्यमलाई अनुरोध

विदेश यात्रासम्बन्धी हुने अनियमितताबारे समाचार सामग्रीमार्फत् नागरिकलाई सचेत गराउन र ठगीमा नपर्न सूचना दिन आग्रह गरिएको छ।

४. कूटनीतिक नियोगलाई

आफ्नो कार्यक्षेत्र भित्र नेपालीको यात्रा, काम र सुरक्षामा विशेष ध्यान दिन र अध्यागमन विभागलाई नियमित रिपोर्ट पठाउन निर्देशन दिइएको छ।

५. ट्राभल एण्ड टुर कम्पनीलाई चेतावनी

पर्यटक भिसामा विदेश पठाउने नाममा हुने ठगी, जबर्जस्ती टिकट बिक्री, ओभरबुकिङ जस्ता अनियमितता रोक्न चेतावनी दिइएको छ।

यात्रुलाई अफलोड गर्ने, उडान भइसकेपछि मात्रै टिकट दिने, भ्रामक योजना ल्याउने कार्य तुरुन्त रोक्न भनिएको छ।

६. मुद्रा सटही गर्ने संस्थालाई

विदेश पठाउने नाममा हुने गैरकानुनी सटही तथा कारोबार तत्कालै बन्द गर्न र प्रमाणित कारोबार मात्र गर्न भनिएको छ।

७. यात्रुको सुरक्षाबारे विशेष ध्यान

अध्यागमन विभागले यात्रु फसाउने, दलालको सिकार बनाउने, होटलमा थुन्ने वा जबर्जस्ती टिकट बेच्ने घटना बढेकाले सुरक्षासम्बन्धी संयन्त्रलाई सतर्क रहन आग्रह गरेको छ।

शंकास्पद गतिविधि देखिएमा तुरुन्तै विभाग वा सम्बन्धित निकायलाई खबर गर्न पनि विभागले भनेको छ।

विभागले सम्पर्कका लागि विभिन्न अधिकृतहरूको फोन नम्बर पनि सार्वजनिक गरेको छ । विशेष गरी नागरिक एपमार्फत् अन्तिम तयारी नगरेसम्म विदेश यात्रा नगर्न भनिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : ३९ बजे

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि