निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो :  मोहन डाँगी | Khabarhub Khabarhub

निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो :  मोहन डाँगी


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई अप्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।

आइतबार विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।

‘विद्युत् प्राधिकरण र ईप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एक मात्र विद्युत् खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतबृद्धि, निर्यातबृद्धि र उत्पादनबृद्धिमा लाग्नु पर्ने हो ।’डाँगीले भने, ‘तर विडम्बना विद्युत् प्राधिकरणको ध्यान विद्युत् उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत् कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरूलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ । यो सोचमा परिवर्तन हुनु जरुरी छ ।’

ऊर्जा आयोजनामा सानाठूला लगानीकर्ताहरू गरी करिब ६५ लाख लगानीकर्ता आबद्ध भइसकेकोले ऊर्जा क्षेत्रका कुनै पनि नीति नियमहरू परिवर्तन गर्दा, शेयर बजारका नीति नियमहरू परिवर्तन गर्दा यी ६५ लाख लगानीकर्ता मात्रै नभएर भोटरहरू पनि हुन भन्ने कुरा सबै राजनीतिक दलहरूले बुझ्नुपर्ने बेला आइसकेको पनि डाँगीले बताए ।

नेपाली भएका नाताले हामी सबैको पहिलो उद्देश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एक अर्कालाई असहयोग गरेर बहादुरी प्रदर्शन गर्न समय खर्च नगरी उक्त समय देशभित्र खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत् उत्पादन बढाउन र निर्यात बढाउनमा खर्च गरी भावी सन्ततिलाई सुन्दर र समृद्ध नेपाल हस्तान्तरण गर्न लाग्नुपर्ने बताए ।

विद्युत् प्राधिकरण र निजी क्षेत्रको योगदान बराबरी

गत आर्थिक वर्षबाट नेपाल खुद विद्युत् निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात् ९७.५ प्रतिशत पालिकाका विद्युत्को पहुँच पुर्‍याउनमा प्राधिकरणको जति योगदान छ त्यसमा निजी क्षेत्रले उत्पादनमा पुर्‍याएको योगदान पनि कुनै पनि कोणबाट त्योभन्दा कम नभएको समेत डाँगीले बताए ।

“२०५५ सालमा विद्युत् खरिद विक्री दर (पीपीए) फाइनल भएपछिको २५ वर्षमा तत्कालीन अवस्थामा २५४ मेगावाट उत्पादन रहेको अवस्थाबाट अहिले ३६०० मेगावाट पुर्‍याउँदै खुद निर्यातकर्ता देश बन्न होस वा ७३४ स्थानीय तहमा विद्युत् पहुँच पुर्‍याउन होस, निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ ।” डाँगीले भने ।

१५ हजार मेगावाट निर्यातबाट वार्षिक ७ खर्ब आय हुने

नेपाल सरकारले लिएको लक्ष्य अनुसार २८ हजार ५०० मेगावाट उत्पादन पुर्‍याई १५००० मेगावाट निर्यात गर्न सके वार्षिक ५ देखि ७ खर्ब रुपैयाँ देशमा ल्याउन सकिने र हालको वार्षिक ४०० किलोवाट प्रतिव्यक्ति विद्युत् खपतलाई १५०० किलोवाट पुर्‍याएर १३ हजार ५०० मेगावाट खपत गर्न सके हालको अर्थतन्त्र लगभग ४ गुणाले वृद्धि हुने पनि डाँगीले बताए । 

उनले जलविद्युतको लगानी अनुत्पादक नभएको बताउँदै विद्युत् उत्पादन भएपछि सरदर वार्षिक प्रतिमेगावाट ३ करोडका दरले आय हुने र आगामी १० वर्षसम्म वार्षिक २५०० मेगावाट विद्युत् उत्पादन गर्न सके करिब ४५ खर्ब लगानीयोग्य रकम आय भई सोही रकमले नेपाल सरकारले निर्धारण गरेको लक्ष्य पुरा गर्न सकिने पनि विश्वास व्यक्त गरे । 

३५०० मेगावाट निर्यातका संरचना रेडी

अहिले भएका प्रसारण संरचनाबाट मात्रै ३५०० मेगावाट विद्युत् निर्यात गर्न सकिने डाँगीले बताए । 

‘वर्तमान अवस्थामा नेपालले उत्पादित विद्युत् ढल्केबर-मुजफ्फरपुर ४०० केभिएबाट १००० मेगावाट, ५ वटा १३२ केभिए प्रसारण लाइन (कुशहा – कटैया, रक्सौल-परवानीपुर, गंडक – रामनगर, टनकपुर- महेन्द्रनगर र संपतीया – मैनहिया) बाट ५०० मेगावाट र अरुण तेस्रोको प्रसारण लाइनबाट लगभग २००० मेगावाट गरेर ३५०० मेगावाट भारत निर्यात गर्न सक्छ । तर हामीसंग यो क्षमतामा उत्पादन नै छैन । देशका विभिन्न ठाउँमा रहेका प्रसारण लाइनका बोटलनेकहरुमा निजी क्षेत्र संलग्न भई प्रसारण लाइन निर्माण गरिरहेको र थप योगदान गर्न पनि तयार रहेको अनुरोध गर्दछु ।’ डाँगीले भने ।

वरिष्ठ उपाध्यक्ष डाँगीले ऊर्जामन्त्री खड्कालाई विद्युत् प्राधिकरणसँग सम्बन्धित समस्याहरू र नेपालको ऊर्जा क्षेत्रमा रहेका अन्य समस्याहरूको पनि स्थायी समाधानको लागि विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमति पत्र निजी क्षेत्रलाई दिएर स्व. शैलजा आचार्यको जस्तै इतिहास रच्न पनि अनुरोध गरे ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : १७ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत