भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री « Khabarhub

भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरुङले भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको बताएका छन्  ।

तामाङ पत्रकार सङ्घले आइतबार आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा उनले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार राष्ट्रिय समाचार समिति, सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, गोरखापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्मअनुसार सङ्घीयतालाई सुदृढ बनाउने प्रयास भएको छ । 

गोरखापत्रमा ४५, रेडियो नेपालमा २५ र राससले तीन वटा माभृभाषामा समाचार सम्प्रेषण गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सञ्चार माध्यममा भाषागत समावेशिता प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले चालु आर्थिक वर्षमा राससले तामाङ भाषामा पनि समाचार सेवा सञ्चालन गर्ने तयारी गरिरहेको  जानकारी दिए ।

राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाको समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक टुङ्गिने अवस्थामा रहेको तथा सरकारले हालै एआई नीति अनुमोदन गरेको जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधिमन्त्रीले ‘डिजीटल फ्रेमवर्क नेपाल’को परिकल्पनालाई साकार पार्न एआई नीति उपयोगी हुने विश्वास व्यक्त गरे  । 

एआई नीति कार्यान्वयन गर्न भौतिक संरचना निर्माण, ‘फोर जी नेटवर्क’लाई सबल बनाउने,  ‘फाइभ जी नेटवर्क’ सुरु गर्ने, ‘डेटा सेन्टर’ खोल्ने गृहकार्यमा सरकार जुटेको उनले बताए  । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ४ : ३१ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी