काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसँग भेट गरेका हुन् ।
भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया