पाल्पामा सिन्दूर जात्रा निकालियो | Khabarhub Khabarhub

पाल्पामा सिन्दूर जात्रा निकालियो


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तानसेन– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दूर जात्रा निकालिएको छ । 

प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दूर जात्रा हर्सोल्लासका साथ निकालिएको हो ।

यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो । 

रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् । 

जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । 

पञ्चेबाजा, लाखेनाच, भजनकीर्तनसहित सांस्कृतिक झाँकीद्वारा रथलाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुर्‍याई विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए। 

अहिले नगरका विभिन्न स्थानमा रथ परिक्रम गर्ने काम भइरहेको जनाउँदै उनले रथलाई मध्यरातमा पञ्चबलिसहित सलामी अर्पण गरी विधिवत् रूपमा पूजाआरधाना गरिएको बताए । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको बाक्लो उपस्थिति छ ।

जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देहीलगायत जिल्लाबाट श्रद्धालु भक्तजन यहाँ आएका छन् । 

रथयात्रामा सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी श्रीअशोकराज सिग्देल, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसदलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहेको समितिले जनाएको छ ।  

जात्रा अवलोकनमा आएका अर्थमन्त्री पौडेल र पर्यटनमन्त्री पाण्डेले ऐतिहासिक भगवती (सिन्दूर) जात्राको अत्यन्त महत्त्व रहेकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुका साथै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

करिब पाँच हजार भक्तजनले जात्राको प्रत्यक्ष अवलोकन गरेका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । ऐतिहासिक महत्त्व बोकेको यस जात्रालाई राष्ट्रिय पर्वका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा समितिका अध्यक्ष महर्जनले जोड दिए । सरकारले प्रचारप्रसार, पूर्वाधार विस्तारलगायत क्षेत्रका लागि आवश्यक सहयोग गरे धार्मिक पर्यटन प्रवर्द्धन गर्न जात्राले महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे  । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : १२ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत