चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन « Khabarhub

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैँ तिहार लगायत ठूला चाडपर्वलाई मध्यनजर गर्दै सडक पूर्वाधारमा ध्यान दिन, सहज रूपमा यातायात व्यवस्थापन, टिकटको सहज पहुँचको व्यवस्थाका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको हो । 

त्यस्तै चाडपर्वमा सहज रूपमा आवागमन गर्न सक्ने गरी आवश्यक निगरानी र अनुगमन गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले अन्तर्देशीय जोड्ने कोदारी राजमार्ग र गल्छी त्रिशूली स्याप्रुबेसी रसुवागढी सडकको दिगो र भरपर्दो रूपमा बाह्रै महिना सञ्चालन गर्न सक्ने गरी आवश्यक निर्माण र मर्मत सम्भार गरी सहज रूपमा सवारी साधन सञ्चालनको सुनिश्चितताका लागि आवश्यक कार्य गर्न समेत निर्देशन दिएको छ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अन्तर्देशीय जोड्ने सडकको मर्मत सम्भार भइरहेको बताए । 

रसुवा नाकाको पुल चीनले मर्मत सम्भार गरिरहेको अवस्थामा पुल निर्माण भएपछि नेपालतर्फको सडकमा सहज रूपमा आवागमनलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताए । 

त्यस्तै मन्त्री दाहालले चाडपर्वका समयमा सहज रूपमा यातायात व्यवस्थाका साथै सवारीको भाडा दरको समेत नियमन गरिने जानकारी दिए । यस पटकको दशैँतिहारमा भाडा बढाउने कुनै योजना नरहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरूले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरूले देशका महत्त्वपूर्ण राजमार्गको नियमित मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ०१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी