एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने « Khabarhub

एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् । 

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन् । 

उनले विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताए । उनले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए । 

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । यसैगरी, महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । 

सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित ‘समाचार डेस्क’ स्थापना गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

यसैगरी, महाधिवेशनलाई भव्य बनाउन सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने,  सातदोबाटोबाट गोदावरीसम्म सार्वजनिक यातायातको प्रबन्ध गर्ने तयारी छ । 

प्रचार विभाग प्रमुख गौतमले यही भदौ १० गतेसम्म मातहतका कमिटीलाई विधानबारे सुझाव दिन समय दिएको बताए । 

उनका अनुसार महाधिवेशनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव  र महासचिव शङ्कर पोखरेले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ०७ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी