विराटनगरमा निकालियो श्रीकृष्णको परम्परागत नयाँ रथ यात्रा « Khabarhub

विराटनगरमा निकालियो श्रीकृष्णको परम्परागत नयाँ रथ यात्रा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान् श्रीकृष्णको परम्परागत रूपमा यस वर्षदेखि नयाँ रथ यात्रा भव्य एवम् धार्मिक रूपमा विराटनगरमा निकालिएको छ । रथयात्रामा हजारौँ भक्तजनहरू सहभागी भएका छन् ।

विराटनगरमा ५८औँ संस्करणको रथयात्रा निकालिएको हो । वि.सं. १९८८ देखि विराटनगर वासीले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा न.१ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडी सहितको रथयात्रा निकाल्ने परम्परा रही आएको छ । 

रथको अगाडि अगाडि सांस्कृतिक झाँकीहरूको प्रस्तुत रहेको छ । यस पटक २१ फिट अग्लो र ७ टनको नयाँ रथमा भगवान् श्रीकृष्ण र राधाको युगल जोडीलाई विराजमान गराएर रथयात्रा गरिएको छ । 

विराटनगर महानगरपालिकाको करिब ४६ लाख रुपैयाँको सहयोगमा निर्माण गरिएको रथमा भगवान् श्रीकृष्ण र राधाको मुर्ती देखिने भएकाले श्रद्धालु भक्तजनहरूलाई दर्शन गर्न सजिलो र सहज भएको छ । 

विगत ९४ वर्षदेखि मनाइँदै आएको विराटनगरको राधाकृष्णको रथयात्रालाई पूर्व कै प्रमुख पर्वका रूपमा लिने गरिन्छ । 

रथ तान्ने डोरी छोएमा आफूले गरेको पापबाट मुक्ति पाइने भएकाले डोरी छुन भक्तजनहरू बीच तँछाडमछाड नै हुने गर्दछ । 

नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत धर्मानुरागीहरुको उपस्थिति हुने गरेको छ । सो रथयात्रामा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हजारौँ दर्शनार्थीहरु सहभागी भएका छन् । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ०२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री