विराटनगरमा निकालियो श्रीकृष्णको परम्परागत नयाँ रथ यात्रा | Khabarhub Khabarhub

विराटनगरमा निकालियो श्रीकृष्णको परम्परागत नयाँ रथ यात्रा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भगवान् श्रीकृष्णको परम्परागत रूपमा यस वर्षदेखि नयाँ रथ यात्रा भव्य एवम् धार्मिक रूपमा विराटनगरमा निकालिएको छ । रथयात्रामा हजारौँ भक्तजनहरू सहभागी भएका छन् ।

विराटनगरमा ५८औँ संस्करणको रथयात्रा निकालिएको हो । वि.सं. १९८८ देखि विराटनगर वासीले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा न.१ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडी सहितको रथयात्रा निकाल्ने परम्परा रही आएको छ । 

रथको अगाडि अगाडि सांस्कृतिक झाँकीहरूको प्रस्तुत रहेको छ । यस पटक २१ फिट अग्लो र ७ टनको नयाँ रथमा भगवान् श्रीकृष्ण र राधाको युगल जोडीलाई विराजमान गराएर रथयात्रा गरिएको छ । 

विराटनगर महानगरपालिकाको करिब ४६ लाख रुपैयाँको सहयोगमा निर्माण गरिएको रथमा भगवान् श्रीकृष्ण र राधाको मुर्ती देखिने भएकाले श्रद्धालु भक्तजनहरूलाई दर्शन गर्न सजिलो र सहज भएको छ । 

विगत ९४ वर्षदेखि मनाइँदै आएको विराटनगरको राधाकृष्णको रथयात्रालाई पूर्व कै प्रमुख पर्वका रूपमा लिने गरिन्छ । 

रथ तान्ने डोरी छोएमा आफूले गरेको पापबाट मुक्ति पाइने भएकाले डोरी छुन भक्तजनहरू बीच तँछाडमछाड नै हुने गर्दछ । 

नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत धर्मानुरागीहरुको उपस्थिति हुने गरेको छ । सो रथयात्रामा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हजारौँ दर्शनार्थीहरु सहभागी भएका छन् । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ०२ बजे

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा

विदेशमा रहेकालाई मतदान गर्न दिनेबारे विज्ञसँग सरकारको छलफल

काठमाडौँ- आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताको मताधिका सुरक्षित गर्ने

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४