पाथीभरा तस्बिर पुस्तक विमोचन « Khabarhub

पाथीभरा तस्बिर पुस्तक विमोचन


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा उक्त पुस्तक विमोचन गरिएको हो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईसहित पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीहरूले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् । 

समितिले सो पुस्तकमार्फत पाथीभराको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्वलाई दृश्यात्मक रूपमा अभिलेखबद्ध गर्ने प्रयास गरेको जनाएको छ । 

पुस्तकमा पाथीभरा क्षेत्रमा विभिन्न समयमा खिचिएका करिब १०० भन्दा बढी तस्बिर समावेश छन् । पुस्तकमा स्थानीय फोटोग्राफर हर्कराज गुरुङ र सन्तोष पुर्कुटीले खिचेका तस्बिरहरू प्रमुख रूपमा राखिएका छन् । 

ती तस्बिरहरूले पाथीभरादेवी मन्दिरआसपासका हिमाल, हरियाली वनस्पति, धार्मिक मेला र स्थानीय जनजीवनलाई प्रस्ट रूपमा अभिव्यक्त गर्छन् ।

पुस्तकमा विशेषगरी ऐतिहासिक र अभिलेखीय महत्वका तस्बिरलाई प्राथमिकता दिइएको छ । पाथीभरा प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो । हरेक वर्ष हजारौँ भक्तजन र पर्यटक पाथीभरा दर्शनका लागि पुग्ने गर्छन् । 

तर, त्यस क्षेत्रमा पर्याप्त दृश्य–अभिलेखीय सामग्री सार्वजनिक नभएका कारण समितिले व्यवस्थित पुस्तक प्रकाशन गर्ने पहल गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ४४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने