कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसहित गुल्मीका तीन मुख्य सडक अवरुद्ध « Khabarhub

कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसहित गुल्मीका तीन मुख्य सडक अवरुद्ध


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– तीन दिनको लगातार वर्षाका कारण कालीगण्डकी करिडोर सडकसहित गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोरको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो तथा रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरेखोलामा पानीको बहाव बढेका कारण आज बिहानदेखि उक्त दुवै सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । 

जिल्लाका तीनवटै मुख्य सडकहरू अवरुद्ध बनेपछि दुवैतर्फका सवारिसाधन सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा लगातार रूपमा वर्षा भइरहेको छ ।

अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीले आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि अहिले पनि लगातार वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या परेको सूचना अधिकारी सारुले जानकारी दिए ।

 सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै तम्घास, पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारिसाधन बाटोमै रोकिएका छन् ।
 
जिल्ला प्रशासन कार्यालयले लगातारको वर्षाका कारण विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भन्दै पहिरोग्रस्त र खोलातटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बसोबास गर्न पनि आग्रह गरेको छ ।  

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ११ : ४८ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण