पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य « Khabarhub

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ ।

घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–०८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएको बताए ।

‘आर्थिक वर्ष २०८०–०८१ मा ‘होम डेलिभरी’को सङ्ख्या एक थियो, आव २०८१–०८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौँ’, उनले भने । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति गृहमा १६ जना सुत्केरी भएका हुन् ।

एक सय ४६ जनाले बेनी, बागलुङ, कुश्मा, पोखरालगायत ठाउँमा पुगेर प्रसूति सेवा लिएका शाखा प्रमुख मल्लले बताए । गत आवको सुरुदेखि नै सञ्चालन गरेको गर्भवतीलगायतलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेपछि घरमा जोखिम मोलेर असुरक्षित रूपमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झार्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’लाई शून्यमा कायम राख्ने उनले प्रतिबद्धता जनाए । आठपटक गर्भ जाँच र संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झार्ने, आमा तथा बच्चाको पोषणमा सुधार ल्याउन सन्देश प्रवाह गराउने उद्देश्यले जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिने कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष दीपक आचार्यले बताए ।

जलजला गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट आव २०८१–०८२ मा सञ्चालन भएका कार्यक्रमको सोमबार लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा समीक्षा भएको थियो । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडाध्यक्षहरू र स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा नौवटै स्वास्थ्य संस्थाका प्रमुखले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

गत वर्ष गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा नसर्ने रोग स्क्रिनिङ कार्यक्रममार्फत एक हजार ५०० जनाले सेवा पाएका छन् । प्रत्येक महिना स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् ।

मल्लाजमा १० शय्या क्षमताको अस्पताल भवन निर्माण सकिएको र नाग्लीवाङ स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको छ । बाह्र वटा स्वास्थ्य संस्थामा विद्युतीय प्रणालीबाट स्वास्थ्य सेवाको अभिलेख राख्न थालिएको छ ।

एक वर्षमा ६ सय ३१ जनाले एम्बुलेन्स सेवा पाएका छन् । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असहाय गरिब र अपाङ्गता भएकाहरूका लागि स्वास्थ्य संस्था आवतजावत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

स्वास्थ्य शिविरमार्फत पाँच हजार ज्येष्ठ नागरिकले सेवा पाएका छन् । जलजलामा तीन हजार ३२८ परिवारका १० हजार ३०४ जनाले स्वास्थ्य बीमा गरेका छन् । (रासस)

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १२ : ११ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका