हेटौँडा उपमहानगरद्वारा नियमित सेवा प्रवाहको तयारी  | Khabarhub Khabarhub

हेटौँडा उपमहानगरद्वारा नियमित सेवा प्रवाहको तयारी 


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागमती– जेन-जी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न  जनप्रतिनिधि र कर्मचारीहरू जुटेका छन् । 

आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो । उपमहानगरपालिकाको राजस्व सङ्कलन, नक्सा पास, सिफारिस, दर्तालगायतका नियमित सेवाप्रवाहलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन सुरु गरिएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज सुबेदीले जानकारी दिए । 

‘आगजनीबाट कोठा, फर्निचर र अन्य जिन्सीलगायतका सामान जलेर खरानी भइसकेको छ, ती खरानीहरुलाई सफा गरेर कार्यालय व्यवस्थापनमा हामी जुटेका छौँ’, उनले भने, ‘कोठाकोठाको धुलो र खरानी सफा गरिसकेका छौँ, अब नयाँ फर्निचरलगायतका सामान राखेर कार्यालयको नियमति काम सुरु गर्ने तयारीमा जुटेका छौँ ।’ सम्भवतः असोज ४ गतेदेखि कार्यालयबाट राजस्व सङ्कलन, नक्सा पास, सिफारिसलगायतका काम नियमित रुपमा सुचारु गर्ने तयारी भइरहेको छ’, उनले भने।

जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा तोडफोड तथा आगजनी गरेका थिए । सो आगजनीबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ । यस्तै उपमहानगरपालिकाको सवारीसाधनसमेत क्षति भएको थियो ।

क्षतिको विवरण संकलनको काम भइरहेको उपमहानगरपालिकाको वित्त व्यवस्थापन महाशाखा प्रमुख डा भीमप्रसाद तिमल्सिनाले बताए।

‘आगजनीबाट उपमहानगरपालिकाको मूल कार्यालयसँगै छ वटा वडा कार्यालय क्षतिग्रस्त भएको छ, थुप्रै सवारिसाधन जलेर नष्ट भएको’, उनले भने, ‘क्षतिको विवरण विभिन्न शाखाहरुबाट संकलन भइरहेको र प्राविधिकबाट क्षतिको मूल्यांकन भइरहेको छ ।’

सम्भवतः भोलि वा पर्सिसम्ममा क्षतिको यकिन विवरण तयार हुन्छ, त्यसपछि मात्र के कति क्षति भएको थाहा हुने उनको भनाइ छ । 

यसैबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले आगजनीबाट ध्वस्त भएको संरचनाहरुको अनुगमन गरेका छन् । क्षतिग्रस्त कार्यालयको अनुगमनपश्चात् उनले आगजनीबाट ध्वस्त कार्यालयलाई व्यवस्थित बनाएर तत्काल सेवाप्रवाहलाई व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिए । 
 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : २४ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट