दशैँ नजिकिएसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो « Khabarhub

दशैँ नजिकिएसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । 

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् ।

नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए। उनका अनुसार यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ ।

मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए । उनका अनुसार जेन-जी’ का प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका छोडेर गृहजिल्ला जानेको सङ्ख्या ६५ हजार भन्दाबढी पुगेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको सङ्ख्यामा कमी आउनसक्ने धारणा राखे। 

नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सरकारले दसैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरि रुट परमिट खुला गरेको छ । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : २७ बजे

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको

एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ