कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए « Khabarhub

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेन-जी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन् । 

हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए। उनले केही कैदीबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए।
    
फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए।

उनले भने, ‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ ।’

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेन-जी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैँ ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  २ : २२ बजे

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा

टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल

काठमाडौँ – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

काठमाडौं- आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका