वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ « Khabarhub

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक भएको छ। 

यो फिल्म दशैंको टिकाको दिन विश्वभरका हलहरूमा  प्रदर्शन हुने तय भएको छ। कार्यक्रममा बलिउड अभिनेता वरुण धवनले पछिल्लो समय बलिउडमा बढ्दो कलाकारसँगै हिँड्ने सहयोगी समूह (जस्तै– हेयर स्टाइलिस्ट, मेकअप आर्टिस्ट, फिटनेस ट्रेनर, पर्सनल असिस्टेन्ट, सुरक्षा गार्ड आदि) को खर्चबारे खुलेर बोले। 

अभिनेता वरुणले मात्र कलाकारलाई दोष दिने परम्परा गलत भएको भन्दै, यसमा निर्माता पक्षले पनि परिवारझैँ व्यवहार गर्नुपर्ने सुझाव दिए।

अभिनेता वरुण धवनले थप्दै भने कि ओटीटी र स्याटलाइट मूल्यमा भइरहेको निरन्तर उतारचढावका कारण अहिले सबैभन्दा ठूलो जोखिम निर्मातामै पर्ने भएको छ, जसले गर्दा फिल्म निर्माण पुरानै ढाँचातर्फ फर्किँदै छ, तर उनले अघिल्ला कालका चरम अवस्थाजस्ता परिस्थितिहरू दोहोरिन नपरोस् भन्ने आशा व्यक्त गर्दै, सबैले परिवार झैं मिलेर फिल्म बनाउनुपर्नेमा जोड दिए।

अभिनेता वरुणले भने, ‘यदि मैले सबै प्रोडक्सन हाउसलाई आफ्नो परिवारझैं मान्छु भने, निर्माताले पनि परिवारकै सदस्यझैँ व्यवहार गर्नुपर्छ। तर त्यो प्रायः हुँदैन। सधैँ  दोष त हामी कलाकारहरूलाई मात्र लगाइन्छ। कथा र ब्लाइन्ड आइटमहरू बाहिर आउँछन्, अनि हामी ट्रोल हुन्छौँ । सबै खराबी कलाकारकै घाँटीमा हालिन्छ। तर राम्रो निर्माता नहुँदा  पनि समस्या हुन्छ। निर्माताले परिवारझैँ वातावरण बनाउनुपर्छ। त्यसैले दोष दुवै पक्षले बाँड्नुपर्छ र अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ।’

अभिनेता वरुण धवन बाहेक फिल्ममेकर सञ्जय गुप्ताले पनि हालै खुलासा गरेका थिए कि केही कलाकारहरूले आफ्नो आवश्यकताका लागि सेटमा ६ वटा भ्यानिटी भ्यान माग्ने गर्छन्।

यस्तै, बलिउडका केही जोडीहरूले ११ वटा सम्म भ्यान माग्ने गरेका छन्, जसमा छुट्टै किचनको भ्यानसमेत समावेश हुन्छ। यसअघि राकेश रोशन र फराह खानले पनि कलाकारसँगै हिँड्ने सहयोगीहरूको तलब र व्यवस्थापन  खर्चले फिल्मको बजेट बढाउने र निर्माता दबाबमा पार्ने बताएका थिए।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको