वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ « Khabarhub

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक भएको छ। 

यो फिल्म दशैंको टिकाको दिन विश्वभरका हलहरूमा  प्रदर्शन हुने तय भएको छ। कार्यक्रममा बलिउड अभिनेता वरुण धवनले पछिल्लो समय बलिउडमा बढ्दो कलाकारसँगै हिँड्ने सहयोगी समूह (जस्तै– हेयर स्टाइलिस्ट, मेकअप आर्टिस्ट, फिटनेस ट्रेनर, पर्सनल असिस्टेन्ट, सुरक्षा गार्ड आदि) को खर्चबारे खुलेर बोले। 

अभिनेता वरुणले मात्र कलाकारलाई दोष दिने परम्परा गलत भएको भन्दै, यसमा निर्माता पक्षले पनि परिवारझैँ व्यवहार गर्नुपर्ने सुझाव दिए।

अभिनेता वरुण धवनले थप्दै भने कि ओटीटी र स्याटलाइट मूल्यमा भइरहेको निरन्तर उतारचढावका कारण अहिले सबैभन्दा ठूलो जोखिम निर्मातामै पर्ने भएको छ, जसले गर्दा फिल्म निर्माण पुरानै ढाँचातर्फ फर्किँदै छ, तर उनले अघिल्ला कालका चरम अवस्थाजस्ता परिस्थितिहरू दोहोरिन नपरोस् भन्ने आशा व्यक्त गर्दै, सबैले परिवार झैं मिलेर फिल्म बनाउनुपर्नेमा जोड दिए।

अभिनेता वरुणले भने, ‘यदि मैले सबै प्रोडक्सन हाउसलाई आफ्नो परिवारझैं मान्छु भने, निर्माताले पनि परिवारकै सदस्यझैँ व्यवहार गर्नुपर्छ। तर त्यो प्रायः हुँदैन। सधैँ  दोष त हामी कलाकारहरूलाई मात्र लगाइन्छ। कथा र ब्लाइन्ड आइटमहरू बाहिर आउँछन्, अनि हामी ट्रोल हुन्छौँ । सबै खराबी कलाकारकै घाँटीमा हालिन्छ। तर राम्रो निर्माता नहुँदा  पनि समस्या हुन्छ। निर्माताले परिवारझैँ वातावरण बनाउनुपर्छ। त्यसैले दोष दुवै पक्षले बाँड्नुपर्छ र अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ।’

अभिनेता वरुण धवन बाहेक फिल्ममेकर सञ्जय गुप्ताले पनि हालै खुलासा गरेका थिए कि केही कलाकारहरूले आफ्नो आवश्यकताका लागि सेटमा ६ वटा भ्यानिटी भ्यान माग्ने गर्छन्।

यस्तै, बलिउडका केही जोडीहरूले ११ वटा सम्म भ्यान माग्ने गरेका छन्, जसमा छुट्टै किचनको भ्यानसमेत समावेश हुन्छ। यसअघि राकेश रोशन र फराह खानले पनि कलाकारसँगै हिँड्ने सहयोगीहरूको तलब र व्यवस्थापन  खर्चले फिल्मको बजेट बढाउने र निर्माता दबाबमा पार्ने बताएका थिए।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ४४ बजे

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले