एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा « Khabarhub

एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरूबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार बनाइएको बताएका छन् ।

जेन–जी आन्दोलनको क्रममा आगजनीबाट ध्वस्त भएको च्यासलस्थित एमाले कार्यालयको बुधबार निरीक्षणका क्रमा बादलले संसद् विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भनेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको नागरिकबाट निर्वाचित सरकारलाई अपदस्थ गरी संसद् विघटन गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘अहिले लोकतन्त्रलाई जसरी अपदस्थ गरिएको छ, नागरिक सर्वोच्चताको प्रतीक संसद् हो । संसद् विघटन गरिएको छ । नागरिकहरुले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरिएको छ, विघटन गरिएको छ’, उनले भने, ’अहिले अनागरिक सरकार स्थापित गरिएको छ । यो असंवैधानिक कदमहरूको हाम्रो पार्टीले विरोध गरिरहेको छ ।’

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ४० बजे

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ