जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट « Khabarhub

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट सो लुटपाट भएको नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले खुलासा गरेका हुन् ।

सुशान्त प्रधानसँगको पोडकास्टमा बोल्दै गभर्नर पौडेलले उनले धेरै सरकारी कार्यालय क्षतिग्रस्त भए पनि नेपाल राष्ट्र बैंक सुरक्षित रहेको तर राष्ट्रिय वाणिज्य बैंकबाट सो लुटपाट भएको बताए । 

‘एक ठाउँमा सिरियस लुटपाट भएको छ, संसद् भवन भित्र भएको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड जति नगद र १८ किलो जति सुन लुटिएको छ’, उनले पोडकास्टमा भनेका छन् । 

उनले जेन-जी आन्दोलनको क्रममा आफूलाई एटिएममा पनि पैसा पनि नहुने र डिजिटल कारोबार हुन नसक्ने जस्तो ठूलो डर लागेको तर, सो स्तरको दुर्घटना नभएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ५७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व