तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू) « Khabarhub

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ ।

जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुन निर्माण गरिने भए पनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन् ।

निरीक्षणपछि ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने र त्यही नै संसद्को बैठक बस्ने जानकारी दिए । नयाँ निर्वाचित हुने सांसदहरूले अब सिंहदरबारकै संसद् भवनबाट काम गर्ने उनले बताए ।

उनले आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको भवन पनि पुरानै स्वरूपमा निर्माण गरिने बताए । मन्त्री घिसिङले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन दीर्घकालीन योजनामा पुन निर्माण सुरु गरिने जिकिर गरे । 

मन्त्री घिसिङका साथै अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले संसद् भवनको निरीक्षण गरेका हुन् ।

गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीले संसद् भवनलाई मुख्य निशाना बनाएका थिए । संसद् भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : २० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था