आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा « Khabarhub

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ।

प्रशासन र अन्य कार्यालयले झण्डा त झुकाएनन् नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेनन् ।

राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि सिन्धुलीका नागरिकहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा झण्डा राख्न खोजेका थिए । तर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झण्डा राख्न दिएनन् ।

झण्डासहित कार्यालय पुगेका कानुन व्यवसायी र पत्रकारहरूलाई कार्यालयका नायब सुब्बा नहकुल ढकालले प्रजिअको आदेश भन्दै रोकेका हुन् । आफू पनि नराख्ने र अरूलाई पनि राख्न नदिने प्रजिअको निर्णयमा स्थानीयस्तरमा असन्तुष्टि बढेको छ ।

आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले कार्यकक्षमै पुगेर सरकारी कर्मचारीलाई कार्यालय छाड्न भनेका थिए । त्यसबेला सुरक्षाको कमाण्ड छोडिदिँदा जिल्लामा व्यक्तिका घर–घरमा लुटपाट र आगजनी भएको थियो । जसको अहिले विरोध भइरहेको छ ।

प्रजिअ भुसालले कार्यालय छाडिदिँदा प्रदर्शनकारी हौसिएर १३ वडा सरकारी तथा गैर सरकारी कार्यालय र व्यक्तिका घरमा लुटपाट र आगजानी हुँदा करोडौँको क्षति पुगेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ४४ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा