मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण « Khabarhub

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन् । 

ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्याल बुधबार अपरान्ह सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी समेत लिए । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए ।

उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए । मन्त्री घिसिङले सर्वोच्च अदालतको बनिरहेको नयाँ भवन चार पाँच महिनाभित्र निर्माण सम्पन्न भएकाले त्यहीबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरे ।

उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरूको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । जेन-जी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भवन परिसरमा टेन्ट टाँगेर सेवा दिइरहेको छ । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ४९ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे