मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण « Khabarhub

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन् । 

ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्याल बुधबार अपरान्ह सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी समेत लिए । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए ।

उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए । मन्त्री घिसिङले सर्वोच्च अदालतको बनिरहेको नयाँ भवन चार पाँच महिनाभित्र निर्माण सम्पन्न भएकाले त्यहीबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरे ।

उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरूको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । जेन-जी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भवन परिसरमा टेन्ट टाँगेर सेवा दिइरहेको छ । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ४९ बजे

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ