माधव नेपालद्वारा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण « Khabarhub

माधव नेपालद्वारा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले सो प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

 ‘जेनजी’ आन्दोलनका मागप्रति आफ्नो पार्टीले त्यस बेला नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गराउँदै उनले जायज मागलाई सम्बोधन गर्नुको साटो तत्कालीन सरकारको दम्भ र अहंकारले धेरै जनधनको क्षति हुन गएको उल्लेख गरेका छन् ।
 
वक्तव्यमा भनिएको छ, ‘जनताको चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणामका रुपमा त्यस घटनालाई स्वीकार गर्नुपर्छ । नेता र जनताको जीवनशैली बीचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगार, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने-नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ ।’

अध्यक्ष नेपालले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य तथा निजी क्षेत्रलगायत समाजका विभिन्न पक्षसँग हातेमालो एवम् सहकार्य गर्न आफूहरू सदैव तत्पर रहेको स्पष्ट पारेका छन् ।
 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : २८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना