कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ « Khabarhub

कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरू उल्ट्याउन लागिरहेकोले नागरिक सचेत हुनु पर्ने बताएका छन।

अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै सबै नागरिकस्तरबाटै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कडेलले जोड दिएका हुन् ।

वीरेन्द्रनगरमा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको दाबी गरे ।

‘सात दशकको त्याग, बलिदान र संघर्षपछि ल्याइएको संविधान आज धरापमा परेको छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ,’ उनले भने ।

कँडेलले सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको टिप्पणी गरे ।

चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको ढालिएको हो उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र संगठनलाई बलियो बनाउन आह्वान गरे ।

उनले भने, ‘व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ । अभिलेख र रेकर्ड जिल्ला पार्टी कार्यालयमा उपलब्ध गराउनुपर्छ । सबै वडामा बैठक, भेलामार्फत संगठनलाई सुदृढ पार्नुपर्छ ।’

उनले संविधान दिवसलाई विशेष अर्थका साथ मनाउनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनको तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

युवालाई आन्दोलनमा अगाडि ल्याउन र महिलाको सहभागिता बढाउन सकेमात्र जनमत परिवर्तनमा निर्णायक सफलता हासिल गर्न सकिने उनको विश्वास थियो ।

‘७० वर्षको संघर्षबाट ल्याइएको गणतन्त्र जोगाउन संगठनात्मक शक्ति, जनविश्वास र निरन्तर अभियान अपरिहार्य छ,’ मुख्यमन्त्री कँडेलले जोड दिए ।

बैठकमा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, जिल्ला कमिटी अध्यक्षसहित विभिन्न नेताहरू सहभागी थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ वटै वडाका अध्यक्षहरूले आ–आफ्नो वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ३१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग