मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’ « Khabarhub

मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको आज लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे। 

अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि ठूलो सहयोग मिलेको बताए। जोमसोमदेखि माथिल्लो क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन नहुँदा कोरलासम्म जाने यात्रुले जोमसोममै विद्युतीय सवारी छाडेर जानुपर्ने अवस्था थियो । 

चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले सञ्चालनमा ल्याएको हो । उक्त कम्पनीका प्राविधिक कृष्ण पोखरेलले चराङमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन नभएकाले तत्कालका लागि सामान्य चार्जिङ स्टेसन स्थापना गरिएको बताए। 

स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको पोखरेलले बताए। चार्जिङ स्टेसन स्थापनाले स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै वातावरणमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ३६ बजे

चीनमा कडा लगानी सुरक्षा नियम लागू

बेइजिङ– अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

गुनासो सुनुवाइमा उच्च प्राथमिकता, शून्य प्रगतिका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द 

काठमाडौं– मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख

हुम्लाको स्याँडामा गाडी

सिमकोट– स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई