गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना « Khabarhub

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो ।

इजरायली सेनाले मंगलबार बिहानै गाजा सहरमा ठूलो बमबारी गर्यो र आफ्ना सैनिकहरूलाई गाजा स्ट्रिपको सबैभन्दा ठूलो शहरी क्षेत्रभित्र अगाडि बढायो ।

इजरायली सेनाले अब ‘सलाह अल–दिन सडक’ मार्फत अस्थायी यातायात मार्ग खोलिएको जानकारी दिएको छ, जुन बिहीबार दिउँसो १२ बजेदेखि ४८ घण्टाका लागि खुला रहने छ ।

युनाइटेड नेसन्सले अगस्त अन्त्यमा गाजा सहर र वरपर करिब एक लाख मानिसहरू बसोबास गर्ने अनुमान गरेको छ । हालसम्म तीन लाख ५० हजार भन्दा बढी मानिसहरू दक्षिणतर्फ भागिसकेको इजरायली सेनाको दाबी छ ।

तर गाजा बसोबास गर्ने धेरै मानिसहरू भने, ‘यहाँ कुनै सुरक्षित ठाउँ छैन । हामी घरमै मर्न तयार छौं ।’

युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा सुरु भएको थियो, जसमा एक हजार २१९ जना सामान्य नागरिक मारिएका थिए । इजरायली कारवाहीमा अबसम्म करिब ६४ हजार ९६४ जना सामान्य नागरिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रको एक स्वतन्त्र जाँच टोलीले इजरायलले गाजामा ‘जनसंहार’ गरिरहेको बताएका छन् । तर इजरायली सरकारले यो आरोप अस्वीकार गर्दै उक्त टोलीको तुरुन्त खारेजीको माग गरेको छ ।

यसैबीच कतार र फ्रान्सले इजरायललाई गाजा सहरमाथि आक्रमण रोक्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कतारका शेखसँग भेट गरी मध्यस्थताको भूमिकामा रहन आग्रह गरे । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ५९ बजे

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा

टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल

काठमाडौँ – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

काठमाडौं- आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका