मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल « Khabarhub

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो ।

“मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ। उहाँले राम्रो काम गरिरहनुभएको छ” उनले भने, “रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा तपाईँको सहयोगका लागि धन्यवाद ।”

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताबीच भएको कुराकानीको विवरण पनि सार्वजनिक गरेका छन् ।

उनले लेखेको छन्, “समसामयिक बिषयमा फोन वार्ता र मेरो ७५औँ जन्मदिनको शुभकामना दिनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद । तपाईं जस्तै म पनि भारत–अमेरिका बृहत् र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पु¥याउन पूर्ण प्रतिबद्ध छु ।”

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना