उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ « Khabarhub

उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने बताएकी छन् ।

तीन दिनदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै तिम्सेनाले एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन नमिल्ने बताएकी छन् ।

’कमरेडहरु, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदौ २४ गते। त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। एक व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन’, उनले भनिन्, ‘एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।’

तिमल्सेनाले अहिले नेतृत्व सफल भइरहेको भए को चाहिँ असफल भएको भनेर प्रश्नसमेत गरेकी छन्। उनले दुर्गा प्रसाईं जस्ता अराजक मान्छेहरूलाई पार्टीमा प्रवेश गराएर अझै पार्टी विनाशतिर लगिएको उल्लेख गरिन् । 

१० बुँदामा आफ्नो धारणा राख्दै उनले नेतृत्वलाई जिम्मेवार निर्णय लिएर पन्छिनका लागि आग्रह गरेको छन्।

– विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। उसो भए अहिले असफल भएको चाहिँ को हो ? अस्ति भर्खर स- साना नानीहरूको कत्लेआम भयो। खर्बौँको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेडरू ?  

– यतिखेर हामी कुन कन्स्पिरेसीको कुरा गरिरहेका छौँ? कुन-कुन वैदेशिक निकायहरू हुन् एमालेविरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ? 

– कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्‍यायो ? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता- कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍यौं ? एक पल्ट सम्झिऊँ , नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो ।

– एक पल्ट यो पनि सम्झिऊँ सूर्य  चिन्हमा चुनाव को को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता  चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ?

– तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्र्याउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसबारे यहाँ कसैले कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?  

– २०७९ को निर्वाचनपछि सक्किने की सच्चिने भन्ने बहस चर्चामा थियो । अस्ति भदौ २३-२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो जेन-जी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले  बिदा लेऊ भन्ने तनै हो।  त्यसलाई अनदेखा गर्न अब सकिन्न । 

– हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरू भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली। 

–  देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई ट्रयाक (बाटो)मा ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ।  यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन । अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरने छ। 

– अन्यथा नलिनु होला ( मीनबहादुर गुरुङको सम्पत्तीमाथि हमला भयो,  क्षति भयो, त्यसैले सहयोग गर्ने निर्णय गरौँ । 

– कमरेडहरू, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदौ २४) त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्ने छ। एक जना व्यक्तिको महत्त्वाकांक्षाका लागि सिङ्गो पार्टीको विकास र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : ३३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने