एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ « Khabarhub

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा नेतृत्व हस्तान्तरण गरेर जाने प्रस्ताव राखेका छन्। 

 तीन दिनदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले परिस्थिति जटिल भएकाले अहिलेको अवस्थामा नेतृत्व हस्तान्तरण गरेर जानु उचित रहेको बताए। गैरेले परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्न समेत आग्रह गरे।

‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ , कम्युनिष्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ । हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ , हामीसँग ठोस निर्णय थिएन ।’ उनले भने, ‘बाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो, र बाम-लोकतान्त्रिक सरकार पनि ढल्यो , यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रुपमा बुझ्न हुन्न , म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔं भन्ने अनुरोध गर्दछु ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : ५८ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै