बिवाइडीले उत्पादन गर्‍यो एक करोड ४० लाख गाडी, ब्राजिलका राष्ट्रपति बने उक्त गाडीको मालिक « Khabarhub

बिवाइडीले उत्पादन गर्‍यो एक करोड ४० लाख गाडी, ब्राजिलका राष्ट्रपति बने उक्त गाडीको मालिक


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित सवारी उत्पादन केन्द्रमा कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा सङ प्रो नामक प्लग–इन हाइब्रिड बिवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गरिएको थियो ।

बिवाइडीका अनुसार कामाकारीमा रहेको कारखाना एशियाभन्दा बाहिर बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरूलगायतको उपस्थिति थियो ।

 समारोहमा राष्ट्रपति लुला ले भने, ‘चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एक–अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेरिरहेका छौं’, उनले थपे, ‘ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्ष व्यवहार चाहन्छ, र चीनसँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न चाहन्छ ।’

बिवाइडीका अध्यक्ष वाङ छुआनफुले भने, ‘हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौँ । आज यहाँ बिवाइडीका विद्युतीय बसहरू सामान्य देखिन्छन् । ब्राजिलमा हाम्रा एक लाख ७० हजारभन्दा बढी ग्राहकहरू छन् र दुई वर्षदेखि हामी बिवाइडी बजारको बिक्रेता रहेका छौँ ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : ४८ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको