माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध « Khabarhub

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ । 

गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरूपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

उनीद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएकाले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको जनाउँदै आउँदो तिहारदेखि कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अनुरोध गरिएको हो । 

“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”, थिङले भने।

 पुर्खाले सदियौँदेखि दीपावलीमा कमेरो र रातो माटोले घरआँगन लिप्ने परम्परा जोगाउँदै आएकाले यस वर्षदेखि हरेकका घरमा उक्त परम्परा जोगाउने अभियान नै थालिएको गाउँपालिकाले जनाएको छ । यसबाट नागरिकका घर शृङ्गारिकता देखिने तथा पर्यटन प्रवर्द्धन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको हो । 

अभियानका लागि गाउँपालिकाको सबै नागरिक, टोल समिति तथा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : १३ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा