जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन | Khabarhub Khabarhub

जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । 

दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिएका थिए।

सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेखेका छन्, ‘जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ ।’

उनको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गरे।

‘जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामकताका माध्यमबाट धेरै देशका मानिसहरूलाई, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई, ठूलो क्षति र पीडा पुर्‍यायो’”, पूर्व प्रधानमन्त्री मुरयामाले सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको  प्रसिद्ध वक्तव्यमा भनेका थिए , ‘भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनका लागि, म गहिरो नम्रता र पश्चातापका साथ इतिहासका यी अकाट्य सत्यहरूलाई सम्मान गर्दछु र आफ्नो हार्दिक माफी प्रकट गर्दछु ।’

यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे पछिल्ला वर्षहरूमा माफी माग्ने क्रममा अपनाइने एउटा स्थायी मापदण्ड बन्यो । त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका ६०औँ र ७०औँ वार्षिकोत्सवहरूमा ‘गहिरो पश्चाताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गर्दै मुरयामाको भावना पुनः दोहोर्‍याएका थिए ।

घना आँखीभौँका कारण पनि परिचित मुरयामा जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गर्न सफल भएका थिए । 

उनी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री रहे। उनको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो । सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आयो र त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा दर्जनौँ नागरिकको मृत्यु र करिब पाँच हजार ८०० जना घाइते भएका थिए ।

मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमा पनि जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्धराखेका थिए । सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उहाँ जापानी शाही सेनामा भर्ती भए । स

उनले युद्धको अन्त्यतिरको कठोर अवस्थाको पनि सम्झना गरे, ‘त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए । हामीसँग बाँसबाट बनेका हतियार मात्र बाँकी थिए । यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ ।’

जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा एक यस्ता नेता रहे जसले नम्रता, आत्मआलोचना र मानवताको पक्षमा आफ्नो दृढता देखाएका थिए । उनको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ ।
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : ५५ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु