काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ? « Khabarhub

काठमाडौं महानगरको बैठकमा प्रश्न : जेन-जी आन्दोलन हुँदा मेयर र उपमेयर कहाँ थिए ?


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुकेको भन्दै मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलको भूमिकाबारे प्रश्न उठेको छ ।

बैठकमा बोल्ने क्रममा काठमाडौंमा त्यति ठूलो आन्दोलन हुँदा मेयर र उपमेयर बेपत्ता भएको भन्दै वडाध्यक्षले प्रश्न उठाएका हुन् ।

महानगरको वडा नम्बर ११ का अध्यक्ष तण्डुकारले आफ्नै भूगोलमा त्यति ठूलो आन्दोलन हुँदा पनि मेयर र उपमेयरले आफ्नो कर्तव्य पूरा नगरेको बताए ।

‘त्यति ठूलो आन्दोलन भएको थियो । फेरि हाम्रै महानगरपालिकाभित्र आन्दोलन केन्द्रित थियो’, उनले भने, ‘अहिले उहाँहरू देखिनु भएको छ त्यत्रो आन्दोलन भइरहँदा, आगजनी हुँदा मेयर र उपमेयर कहाँ थिए ? उहाँहरूको कर्तव्य के थियो ?’

उनले अहिले सहज भइसकेपछि अनेकथोक चाहियो भन्न सक्ने तर असहज परिस्थितिमा भूमिका देखाउन नसक्ने भन्दै आलोचना गरे । ‘तपाईंहरू दुईजना भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा कहाँ हुनुहुन्थ्यो ?’, उनले बैठकमा बालेन्द्र र सुनितालाई सोधे ।

तण्डुकारले अहिले पनि आफूहरूले मेयर बालेन्द्र साहलाई सम्मान र आदर गरिरहेको बताए । तर बालेनले त्यो सम्मान र आदरको इज्जत गर्न नसकेको उनले बताए । ‘हामीले गरेको सम्मानलाई मेयरले कायम राख्न सकेनन्’, तण्डुकारले भने, ‘हामीले जुन विश्वास गरेका थियौँ, त्यसअनुसारको आफ्नो छवि उनले कायम राख्न सकेनन् ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ३७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै