कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ ।

शुक्रबार बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवाको कुर्सीलाई खाली राखिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का देउवाको कुर्सीनजिकै बसेका छन् ।

देउवाले असोज २८ को बैठकमा सम्बोधन गरेर कार्यकारी नेतृत्व त्याग्ने घोषणा गरेका थिए । उनले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् ।

बैठकको प्रारम्भमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले बोलेका थिए ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूले बोल्ने क्रम अहिले पनि जारी छ । बैठक शुक्रबार मध्यान्ह साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ ।

देउवाले पहिलो बैठकमा लिखित मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका थिए। उनले १५ औँ महाधिवेशनमा पनि नउठ्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ४९ बजे

सामोआविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं- आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक

जेनजी प्रदर्शनका बावजुद राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

लिमा- पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेनजी कार्यकर्ताहरूको नेतृत्वमा भएको

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

गण्डकी– पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या

त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने

काठमाडौं– सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत