कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार « Khabarhub

कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानाडाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा बिहीबार अज्ञात समूहद्वारा फेरी गोली प्रहार भएको छ । यो क्याफेमाथि भएको तेस्रो आक्रमण हो । 

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, कुख्यात ग्याङस्टर लरेन्स बिश्नोईसँग सम्बन्धित भनिने कुलवीर सिधुले सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गर्दै आक्रमणको जिम्मेवारी स्वीकारेका छन् र आम जनतालाई टाढा बस्न चेतावनी दिएका छन् ।

क्यानाडास्थित सरे पुलिस सर्विसका अनुसार, घटनास्थलमा पुगेपछि व्यवसायमा धेरै गोली लागेको पाइएको छ। घटना भएको समयमा क्याफेभित्र कर्मचारीहरू उपस्थित थिए, तर भाग्यवश कोही घाइते भएका छैनन् ।

क्याफेमा यसअघि पनि ९ जुलाई र ७ अगस्तमा हमला भइसकेको थियो। सामाजिक सञ्जाल एउटा स्टाटस पोस्टमा कुलदीप सिधु र गोल्डी ढिल्लनले भनेका छन्, ‘हामी तीन वटा गोलीवारिको जिम्मेवारी लिन्छौँ । हामीलाई आम जनता सँग कुनै समस्या छैन। जोसँग हाम्रो विवाद छ र जो अवैध काममा संलग्न छन् र पैसा तिर्दैनन्, उनीहरू तयार रहनुपर्छ।’

साथै, बलिउडमा धर्म विरोधी कुरा गर्नेहरूलाई चेतावनी दिइएको छ, ‘तयार रहनुहोस् गोली जहाँबाट पनि आउन सक्छ।’ प्रहरीले समुदायलाई सतर्क रहन र शंका लाग्दा तुरुन्त रिपोर्ट गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ४५ बजे

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट