राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान « Khabarhub

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । 

राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र  मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल शुक्रबार बिहान जेनेभा प्रस्थान गरेका हुन् ।

यही कात्तिक २ गतेदेखि ६ गते (अक्टोवर १९–२३) सम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्षले दाहालले ‘सङ्कटका समयमा मानवतावादी मान्यता र मानवतावादी कार्यलाई समर्थन’ विषयमा मन्तव्य प्रस्तुत गर्नुका साथै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

आइपीयु स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । शाहले महिला सांसदहरूको मञ्चको बैठकमा पनि सहभागी हुनेछन् । 

प्रतिनिधिमण्डल भ्रमण कार्यक्रम सम्पन्न गरी कात्तिक ९ गते आइतबार साँझ काठमाडौँ फर्किने कार्यक्रम छ । 
 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ५३ बजे

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा