नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै « Khabarhub

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ ।

क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिए । विद्यालयलक्षित प्रतियोगितामा आठ, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उनले बताए ।  

कुनै सङ्घ, संस्था वा क्लबले पनि संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । 

आठ वर्षमूनि उमेर समूहका खेलाडीले २५ मिटर, १० मुनिकालाई ५० मिटर, १२ र १४ मुनिका खेलाडीबीच ५० र १०० मिटर तथा खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न ५६ वटा ‘इभेन्ट’ हुनेछन् । 

क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ५७ बजे

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा