‘परान’को सहायक भूमिकामा रहेकी अञ्जनाको दाबी – नीर शाहपछि म नोटिस हुन्छु « Khabarhub

‘परान’को सहायक भूमिकामा रहेकी अञ्जनाको दाबी – नीर शाहपछि म नोटिस हुन्छु


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेको सयममा चर्चामा रहेकी नायिका अञ्जना बराइली फिल्म ‘परान’मा सहायक भूमिकामा रहेको निर्माण पक्षले खुलाएको छ ।

यस फिल्मको शीर्ष भूमिकामा भने वरिष्ठ कलाकार नीर शाह छन् ।

नायिका अञ्जना बराइली पनि यो फिल्ममा आफ्नो भूमिका तुलनात्मकरुपमा सानो रहेको स्वीकार गर्छिन् । भूमिकालाई भन्दा पनि कथालाई केन्द्रभागमा राखेर फिल्म साइन गरेको उनको दाबी छ ।

उनी भन्छिन्, ‘म यसमा जोडिनुको एउटै कारण फिल्मको विषय हो । यस्ता फिल्महरु मैले खोजीखोजी हेर्नेमा पर्छ ।’

फिल्ममा आफूले ‘रुपा’ नामक चरित्र निर्वाह गरेको उनले खुलाइन् । यो पात्र दर्शक समक्ष स्थापित हुनेमा उनी आशावादी छिन् ।

उनी भन्छिन्, ‘मेरो पात्र एकदमै यादगार हुने देख्छु । नीर शाह सबैको नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु । मेरो पात्र बलियो भएकाले नै म प्रचारमा हिडेकी हुँ ।’

आफ्नो भूमिका सानो भए पनि आफू नै फिल्म हलमा हर्ने उत्साहित भएको उनी बताउँछिन् ।

उनका अनुसार यो फिल्म फेस्टिभ मुडमा हेर्न लायक बनेको छ । उनी थपिन्, ‘डबिङको समयमा मैले यो फिल्म दशैँमा प्रदर्शनमा ल्याउनुपर्छ भनेकी थिएँ । जुन परिवेश र कथामा बनेको छ यो चाडबाडमा प्रदर्शनमा ल्याउनु पर्ने फिल्म हो ।’

तर, दुई ठूला चाड दशैँ र तिहार सकिएपछि अर्थात्, कात्तिक १४ बाट फिल्म प्रदर्शनमा आउन आउँदै छ ।

यो फिल्मको निर्देशक दीपक आर्चाय ‘काकु’ हुन् । टेलिसिरियल ‘सक्किगोनि’का काकुको यो डेब्यू निर्देशनमा बन्न लागेको फिल्म हो ।

व्यापारिक घराना गोल्छा समूहर र प्रिज्मा समूहको सहकार्य रहेको ‘बाइस्कोप सिनेमा प्रालि’ यो फिल्म निर्माण गरेको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण अधिकारी, महेश त्रिपाठीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि