‘परान’को सहायक भूमिकामा रहेकी अञ्जनाको दाबी – नीर शाहपछि म नोटिस हुन्छु « Khabarhub

‘परान’को सहायक भूमिकामा रहेकी अञ्जनाको दाबी – नीर शाहपछि म नोटिस हुन्छु


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेको सयममा चर्चामा रहेकी नायिका अञ्जना बराइली फिल्म ‘परान’मा सहायक भूमिकामा रहेको निर्माण पक्षले खुलाएको छ ।

यस फिल्मको शीर्ष भूमिकामा भने वरिष्ठ कलाकार नीर शाह छन् ।

नायिका अञ्जना बराइली पनि यो फिल्ममा आफ्नो भूमिका तुलनात्मकरुपमा सानो रहेको स्वीकार गर्छिन् । भूमिकालाई भन्दा पनि कथालाई केन्द्रभागमा राखेर फिल्म साइन गरेको उनको दाबी छ ।

उनी भन्छिन्, ‘म यसमा जोडिनुको एउटै कारण फिल्मको विषय हो । यस्ता फिल्महरु मैले खोजीखोजी हेर्नेमा पर्छ ।’

फिल्ममा आफूले ‘रुपा’ नामक चरित्र निर्वाह गरेको उनले खुलाइन् । यो पात्र दर्शक समक्ष स्थापित हुनेमा उनी आशावादी छिन् ।

उनी भन्छिन्, ‘मेरो पात्र एकदमै यादगार हुने देख्छु । नीर शाह सबैको नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु । मेरो पात्र बलियो भएकाले नै म प्रचारमा हिडेकी हुँ ।’

आफ्नो भूमिका सानो भए पनि आफू नै फिल्म हलमा हर्ने उत्साहित भएको उनी बताउँछिन् ।

उनका अनुसार यो फिल्म फेस्टिभ मुडमा हेर्न लायक बनेको छ । उनी थपिन्, ‘डबिङको समयमा मैले यो फिल्म दशैँमा प्रदर्शनमा ल्याउनुपर्छ भनेकी थिएँ । जुन परिवेश र कथामा बनेको छ यो चाडबाडमा प्रदर्शनमा ल्याउनु पर्ने फिल्म हो ।’

तर, दुई ठूला चाड दशैँ र तिहार सकिएपछि अर्थात्, कात्तिक १४ बाट फिल्म प्रदर्शनमा आउन आउँदै छ ।

यो फिल्मको निर्देशक दीपक आर्चाय ‘काकु’ हुन् । टेलिसिरियल ‘सक्किगोनि’का काकुको यो डेब्यू निर्देशनमा बन्न लागेको फिल्म हो ।

व्यापारिक घराना गोल्छा समूहर र प्रिज्मा समूहको सहकार्य रहेको ‘बाइस्कोप सिनेमा प्रालि’ यो फिल्म निर्माण गरेको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण अधिकारी, महेश त्रिपाठीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : १२ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र चितवनको प्रतिस्पर्धा 

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ– हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन गरिएको छ ।

न्यायाधीश जलाउन उक्साउने शर्मालाई कांग्रेसमा छुट !

काठमाडौं – केही दिन अगाडि नेपाली कांग्रेसका नेता डा. सुनिल

विराटनगर दुग्ध वितरण आयोजनाले पुनः सुरु गर्‍यो पाउडर दूध उत्पादन

काठमाडौं– विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ

१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित

नयाँदिल्ली- इन्डियन प्रिमियर (आईपीएल) २०२६ को लिलामीले आगामी सिजनमा कुन