जेन-जी आन्दोलनका क्रममा नेतासहित ६१ भीआईपीको गरेको थियो सेनाले उद्धार « Khabarhub

जेन-जी आन्दोलनका क्रममा नेतासहित ६१ भीआईपीको गरेको थियो सेनाले उद्धार

देशको अवस्था सामान्य बनाउन मुख्य चार काम गरेको दाबी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलन विस्फोटक मोडमा पुगेका नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको जनाएको छ ।

सेनाले भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा खटिएका र विभिन्न चौकीमा आक्रमणपछि ज्यान जोखिममा परेका २३ जना प्रहरीको पनि हेलिकप्टरबाट उद्धार गरिएको जानकारी सहायक रथी राजाराम बस्नेतले दिएका हुन् ।

सेनाका मुख्य चार काम

सेनाले भदौ २४ गते राति १० बजे सडकमा निस्किएपछि मुख्य चार काम गरेको जनाएको छ। जसमा तोडफोड र आगजनी ६ देखि ८ घण्टामा नियन्त्रण गरेको दाबी सेनाको छ ।

चार काम

आगजनी, तोडफोड र अराजक गतिविधि लाई ६ देखि ८ घण्टाको तैनाथीमा नियन्त्रण ।

अति विशिष्ट तथा विशिष्ट व्यक्ति र परिवारहरुको सकुशल उद्धार ।

अत्यावश्यक सेवा तथा बस्तुहरुको प्रवाहमा महत्त्वपूर्ण योगदान तथा सहयोग ।

राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थमन्त्रालयको डाटा सेन्टरको आगजनीबाट सुरक्षा

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : १२ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले