स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क नलाग्ने  « Khabarhub

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क नलाग्ने 


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरिएको छ । 

स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैलाई निर्देशन भएको छ ।

बोर्डले पछिल्लो विकसित अवस्था तथा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले यो निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । 

यो निर्णयसँगै स्वास्थ्य बीमा गरेर लामो समयदेखि नवीकरण नगरेकाहरूले अब नवीकरण गर्दा थप शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि बोर्डले गएको भदौ ११ गते सूचनामार्फत् स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयन भएको र त्यसमा बीमित परिवारले असोज मसान्तसम्म नवीकरण नगरेमा त्यसपछि थप शुल्क तिर्नुपर्ने भन्दै रकम समेत तोकेको थियो ।

म्याद कटेर तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने, ६ महिनाभित्र नवीकरण गरेमा ३० प्रतिशत, ६ महिनापछि एक वर्षभित्र नवीकरण भए ५० प्रतिशत, एक वर्षपछि भएमा शतप्रतिशत, दुई वर्षपछि भएमा तीन गुणा बढी र तीन वर्षपछि भएमा योगदान रकमको चार गुणा बढी तिर्नुपर्ने भनिएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार