सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश « Khabarhub

जेन–जी आन्दोलनको विध्वंश

सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाली सेनाले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देशभरका ६ सय ६८ वटा सरकारी कार्यालयमा तोडफोड भएको विवरण सार्वजनिक गरेको छ।

भदौ २४ गते देशभरका सरकारी कार्यालयमा आगजनी भइसकेपछि राति १० बजेदेखि सडकमा निस्किएको सेनाले झन्डै डेढ महिनापछि आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते जेन–जीका नाममा देशभर भएका आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको जनाएको छ।

सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।

सहायक रथी बस्नेतले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर ४५४ स्थानमा आन्दोलन भएको थियो ।

त्यस क्रममा ७८ जनाको ज्यान गएको पनि बस्नेतले खुलाए। मृतकमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र ४३ जना अन्य नागरिक रहेको विवरण सेनाले सार्वजनिक गरेको छ।

त्यसैगरी भदौ २४ गते जेन-जीको आन्दोलनका क्रममा देशभरका कारागारबाट १५ हजार ८५८ जना कैदी बन्दी फरार भएको पनि जनाएको छ । तीमध्ये अहिलेसम्म ८ हजार ७८९ जना पक्राउ वा फिर्ता भएको बस्नेतले बताए ।

आन्दोलनका क्रममा ५७८ जना घाइते भएको पनि सेनाले जनाएको छ । घाइतेमध्ये ५८६ जना सामान्य चोटपटक भएका रहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार जेन-जी आन्दोलनका क्रममा ६ सय ६८ वटा सरकारी कार्यालय आगजनी र तोडफो गरेर क्षतिग्रस्त पारिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता र उच्च तहका व्यक्तिका २ सय ३५ निजी निवासमा आगजनी र तोडफोड भएको विवरण सेनाले सार्वजनिक गरेको छ।

सेनाका अनुसार १९८ व्यावसायिक प्रतिष्ठानमा आगजनी र आक्रमण भएको छ । त्यसैगरी राजनीतिक दलका १८८ कार्यालयमा आगजनी र तोडफो भएको छ । आन्दोलनकारीले ३ सय ७० वटा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको विवरण सेनाले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा सेनाले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको क्षतिको विवरण पनि सार्वजनिक गरेको छ। पुनश्च: यी सबै क्षति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर भागिसकेपछि भदौ २४ गते राति १० बजे सेना सडकमा निस्किनु भन्दा अघि नै भएका हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ५१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य