सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश « Khabarhub

जेन–जी आन्दोलनको विध्वंश

सेनाले देखायो क्षतिको अत्यास लाग्दो विवरण, ३०७ प्रहरीका भवन र ६६८ सरकारी कार्यालयमा मच्चिएको थियो विध्वंश


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाली सेनाले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा देशभरका ६ सय ६८ वटा सरकारी कार्यालयमा तोडफोड भएको विवरण सार्वजनिक गरेको छ।

भदौ २४ गते देशभरका सरकारी कार्यालयमा आगजनी भइसकेपछि राति १० बजेदेखि सडकमा निस्किएको सेनाले झन्डै डेढ महिनापछि आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते जेन–जीका नाममा देशभर भएका आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको जनाएको छ।

सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।

सहायक रथी बस्नेतले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर ४५४ स्थानमा आन्दोलन भएको थियो ।

त्यस क्रममा ७८ जनाको ज्यान गएको पनि बस्नेतले खुलाए। मृतकमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र ४३ जना अन्य नागरिक रहेको विवरण सेनाले सार्वजनिक गरेको छ।

त्यसैगरी भदौ २४ गते जेन-जीको आन्दोलनका क्रममा देशभरका कारागारबाट १५ हजार ८५८ जना कैदी बन्दी फरार भएको पनि जनाएको छ । तीमध्ये अहिलेसम्म ८ हजार ७८९ जना पक्राउ वा फिर्ता भएको बस्नेतले बताए ।

आन्दोलनका क्रममा ५७८ जना घाइते भएको पनि सेनाले जनाएको छ । घाइतेमध्ये ५८६ जना सामान्य चोटपटक भएका रहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार जेन-जी आन्दोलनका क्रममा ६ सय ६८ वटा सरकारी कार्यालय आगजनी र तोडफो गरेर क्षतिग्रस्त पारिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता र उच्च तहका व्यक्तिका २ सय ३५ निजी निवासमा आगजनी र तोडफोड भएको विवरण सेनाले सार्वजनिक गरेको छ।

सेनाका अनुसार १९८ व्यावसायिक प्रतिष्ठानमा आगजनी र आक्रमण भएको छ । त्यसैगरी राजनीतिक दलका १८८ कार्यालयमा आगजनी र तोडफो भएको छ । आन्दोलनकारीले ३ सय ७० वटा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको विवरण सेनाले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा सेनाले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको क्षतिको विवरण पनि सार्वजनिक गरेको छ। पुनश्च: यी सबै क्षति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर भागिसकेपछि भदौ २४ गते राति १० बजे सेना सडकमा निस्किनु भन्दा अघि नै भएका हुन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ५१ बजे

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण